काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा उग्र प्रदर्शन गरिरहेका जेनजीहरू संघीय संसद भवनभित्रै प्रवेश गरेर ढुंगामुढा गरेका छन् । केहीबेरअघि उनीहरू संसद् भवनभित्र पसेका थिए । अहिले प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर उनीहरूलाई बाहिर निकालेको थियो ।
जेनजी प्रदर्शनकारीले प्रदर्शन रोकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले कफ्र्यू आदेश जारी गरिसकेको छ । यद्यपि प्रदर्शन भने रोकिएको छैन । सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका थिए ।
संसद् भवनभित्रै प्रदर्शनकारी छिर्ने, गेटमा तोडफोड गर्ने जस्ता गतिविधि भएपछि अहिले स्थानीय प्रशासनले कफ्र्यू लगाएको हो ।
FACEBOOK COMMENTS