पोखरा मंसिर २५,पोखराको पर्यटकीय नगरी लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । दुई दशकदेखि निरन्तर हुँदै आएकाे महोत्सव आगमी पौष १५ गतेदेखि १७ गतेसम्म हुने रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान)का अध्यक्ष लक्ष्मण बरालले बताए ।
बरालका अनुसार महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्छ । ‘सडक महोत्सवले देशको विभिन्न राजनैतिक अस्थिरता, कोरोना महामारी, २०७२ सालको भुकम्प र भारतको नाकाबन्दी जस्तो समस्याका बावजुद निरन्तर दिँदै आएको छ, बरालले भने ।
गत वर्ष कोभिड १९ उच्च जोखिमका महामारीमा पनि महोत्सवको आयोजना भएको थियो । यो वर्ष ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटक प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने नाराका साथ फेवाताल किनार कोमागाने पार्कमा विभिन्न संस्कृतिक कार्याक्रम सहित महोत्सव हुने बराले जानकारी दिए । आन्तरिक तथा वाहृय पर्यटन प्रवर्द्धन गर्न जनजातिसँग सम्बन्धित संस्कृतिक कार्यक्रम, मौलिक भेषभुष ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षण गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको उनले बताए ।
पोखरालाई ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि आयोजित महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । ‘यस कार्यक्रमको शोभा बढाउन लेकसाइड क्षेत्र क्रिसमस डे बाटै बेहुलीजस्तै सिघारी सजावट हुने छ,’ उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, भाँकि प्रदशृन, रात्रिकालिन कन्सर्ट, डुंगा, दौड, वेटर रेस , टग अफ वार जस्ता प्रतियोगितात्मक हुन्छ ।’
FACEBOOK COMMENTS