काठमाडौं । स्थानीय तह निर्वाचनको मौनअवधि सुरु सँगै उपत्यकाका तीन वटै जिल्लामा मदिरा विक्री वितरण तथा सेवनमा रोक लागाइएको छ। आज काठमाडौं भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मौन अवधि सुरु हुने मंगलबार मध्येरातिदेखि मतगणना समापन नभएसम्म मदिरा विक्री वितरण र सेवनमा रोक लगाइएको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज राति १२ बजेदेखि ३० गतेसम्म कुनै पनि मदिरा विक्री तथा सेवनमा निषेध गरेको जानकारी दिइन्। यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए।
मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जानकारी दिएका छन्।
FACEBOOK COMMENTS