काठमाडौँ– उच्च शिक्षा अध्ययनका लागी विद्यार्थीहरू विदेशिने क्रम बढेसंगै पछिल्लो समय उच्च शिक्षामा चुनौती थपिँदै गएको सरोकारवाला निकायहरूले बताएका छन् ।
सोमबार पशुपति कलेजले शिक्षाको सन्दर्भमा समुदाय तथा सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले उच्च शिक्षा अध्ययनमा विद्यार्थीहरू विदेशिने गरेको बताएका हुन् ।
१२ कक्षामा राम्रो अंक ल्याएका अधिकांश विद्यार्थीहरू विदेश जाने प्रचलनले समुदायमा आधारित कलेजमा विद्यार्थीको कमी हुने गरेको निष्कर्ष निकालेका हुन् । मुलुक परिवर्तन गर्न शिक्षा अपरिहार्य रहेको बताउँदै शिक्षामा हाम्रोलाई भन्दा राम्रोलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने तिलोत्तमा नगरपालिका वडा नं। १६ का अध्यक्ष झबिलाल भुसालले बताए ।
मुलुककै उत्कृष्ट नगरपालिकाको रूपमा तिलोत्तमा भए पनि दक्षिण भूभाग पछाडि परेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने तिलोत्तमा नगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीसले बताए । समुदायमा आधारित भएर कलेज सञ्चालन गर्नु चुनौतीपूर्ण कार्य भएको तिलोत्तमा १४ का अध्यक्ष आस्विन पौडेलले जोड दिए ।
पशुपति कलेज सामुदायिक भएकोले यसको संरक्षणमा समुदाय लाग्नु पर्ने बताउँदै कलेजका विद्यार्थी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको कलेजका निमित्त प्रमुख जीतबहादुर राजकोटीले बताए ।
पशुपति कलेजको भौतिक विकासका लागि नगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गरेर सहयोग गर्ने वडा नं। १५ का अध्यक्ष खेमराज गुरुङले बताए ।
तिलोत्तमा नगरपालिकाको गहनाको रूपमा पशुपति कलेज रहेको र ५ ओटा वडाको केन्द्रमा रहेकोले नगरपालिका र सरोकारवाला निकाय सँग हातेमालो गरी संरक्षण तथा प्रवर्द्धन गर्ने व्यवस्थापन समिति तयार भएको सञ्चालक समितिका अध्यक्ष तामबहादुर रानाले बताए । वि।सं। २०६२ सालमा स्थापना भएको कलेजमा स्नातक तहका शिक्षा र व्यवस्थापन संकायका विषयहरू पठनपाठन हुँदै आएको छ ।
FACEBOOK COMMENTS