काठमाडौं, ३ भदौ । कक्षा ११ र १२ का विद्यार्थीलाई काठमाडौंमा भोलि शुक्रबारदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्ष भन्दा माथिका प्लस–टू अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीहरुलाई भेरोसेल खोप लगाउन लागिएको हो ।
शुक्रबारदेखि नै काठमाडौंमा ४० वर्षमाथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने उनले बताए । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने बताइएको छ ।
हेर्नुहोस् खोपकेन्द्रसहितको थप जानकारी स्वास्थ्य कार्यालय काठमाडौंले जारी गरेको सूचनामा–
FACEBOOK COMMENTS