काठमाडौं । नेकपा एमालेको संसदीय दलको उपनेतामा सुवासचन्द्र नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।
पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई आज संसदीय दलको उपनेतामा मनोनयन गरेका छन् । इलाम–२ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत छन् ।
२०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री हुनुभएका नेम्वाङ २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाको सभामुख तथा पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष छन् । अध्यक्ष ओलीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई नियुक्त गरेका छन् ।
FACEBOOK COMMENTS