काठमाडौं । होटल र्याडिसन नेपालमा विगत २५ वर्षदेखि सूचना प्रविधि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको सुबिसु लिमिटेडले चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीटको आयोजना गर्ने भएको छ।
यो अन्तर्राष्ट्रिय स्तरको महत्त्वपूर्ण सम्मेलन यहि चैत अप्रिल ९ र १०, २०२६ ९चैत २७ र २८, २०८२० मा काठमाडौंको होटल र्याडिसनमा आयोजना हुनेछ। नेपालमा यस्ता अन्तर्राष्ट्रिय प्रविधि सम्मेलनहरूको आयोजना हुनुलाई सरकारको ‘डिजिटल नेपाल’ अभियानलाई तीव्र गतिमा साकार पार्न एक महत्त्वपूर्ण कदमका रूपमा लिइएको छ । यस सम्मेलनले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको डिजिटल पूर्वाधार विमर्शको केन्द्रमा स्थापित गर्नेछ।
सम्मेलनले फाइभजी, स्मार्ट शहरहरू र ठूला-ठूला औद्योगिक स्वचालन जस्ता नवीनतम प्रविधिहरुका लागि आवश्यक असीमित ठेगाना आईपीभी ६ ले कसरी प्रदान गर्दछ भन्ने विषयमा अनुभव साटासाट गर्ने तथा छलफल गर्ने छ। यसले नेटवर्कहरुमा बढ्दो साइबर खतराको बारेमा पनि ध्यानाकर्षण गराउनेछ।
सम्मेलनको मुख्य केन्द्रबिन्दु
यस वर्षको सम्मेलन विशेषगरी इन्टरप्राइज नेटवर्क आर्किटेक्चर मा आईपीभी ६ को व्यावहारिक प्रयोगमा केन्द्रित रहनेछ । विश्वभरका संस्थाहरू क्लाउड-आधारित, सफ्टवेयर-निर्धारित तथा सुरक्षित नेटवर्क वातावरणतर्फ अघि बढिरहेको वर्तमान सन्दर्भमा, आईपीभी ६ को प्रयोग अब केवल प्राविधिक सुधार मात्र नभई एक रणनीतिक आवश्यकता बनिसकेको छ ।

यो दुई दिने सम्मेलनमा स्वदेशी तथा अन्तर्राष्ट्रिय कीनोट स्पीकरहरू एवं विभिन्न क्षेत्रका विशेषज्ञहरूको सहभागिता रहनेछ। सम्मेलनले सहभागीहरूलाई ज्ञान आदानप्रदान, विशेषज्ञसँग प्रत्यक्ष अन्तरक्रिया र क्षमता अभिवृद्धिको उत्कृष्ट अवसर प्रदान गर्नेछ। यो सम्मेलनले संस्थाहरूलाई भविष्यका लागि सक्षम र सुरक्षित नेटवर्क पूर्वाधार निर्माण गर्न सही मार्गदर्शन गर्नेछ। सहभागीहरूले अन्तर्राष्ट्रिय अनुभव र प्राविधिक विशेषज्ञता हासिल गर्ने अवसर पाउनेछन्। यसले आगामी दिनमा नेपालले अवलम्बन गर्ने नयाँ नेटवर्क नीतिहरुमा समेत सहयोग पुर्याउने छू सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले भने ।
