काठमाडौं । जेन्जी आन्दोलनका अगुवा सुदन गुरूङमाथि हातपात प्रयास भएको छ ।
भृकुटीमण्डपस्थित रिपोटर्स क्लवमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै गर्दा उनीमाथि हातपात प्रयास भएको हो ।
सम्मेलनमा पत्रकारहरूले आफ्नो प्रश्न लिइदिन बारम्बार आग्रह गरिरहँदा पनि उनी एकोहोरो बोलिरहेको भन्दै पत्रकारहरूले नै होहल्ला गरेका थिए । उक्त होहल्लाका क्रममा अन्य केही व्यक्तिहरू गुरुङ बोलिरहेको पोरियममा पुगेर हात हाल्न खोजेका थिए ।
होहल्लाका कारण उनले आफ्नो भनाइ टुङ्ग्याउन पाएनन् भने पत्रकार ऋषि धमलाले कार्यक्रम सकिएको घोषणा गरे । त्यसपछि पनि गुरुङलाई घेरा हालेर प्रश्नहरूको जवाफ दिनैपर्ने दबाब सृजना गरिएको थियो ।
FACEBOOK COMMENTS