काठमाडौँ । हामी नेपालीका संयोजक सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क सभापति रवि लामिछानेसँग भेटवार्ता गर्ने बताएका छन् ।
गुरुङले बालेन र कुलमानको एकतापछि, बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्ने बताएका हुन् । उनले भनेका छन्– ’बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं ।’
लामिछाने हाल नख्खु कारागारमा रहेका छन् ।
FACEBOOK COMMENTS