काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले जेनजी अभियन्ता सुदन गुरुङसँग बयान लिएको छ । आयोगले आइतबार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सन्दर्भमा गुरुङसँग बयान लिएको हो ।
सुदनले हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबार सम्बन्धी हाल सम्मका सम्पूर्ण कागजातको ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको जानकारी दिएका छन् । उनले आफुहरुमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाण सहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको जानकारी दिदै भनेका छन्, ‘सत्य कहिल्यै डराउँदैन। छानबिन मार्फत सत्य उजागर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेका छु ।’
आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले सोमबार तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान लिदैछ । त्यसपछि आयोगले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी गरेको छ ।
FACEBOOK COMMENTS