काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी मतगणना हुँदा सुदन गुरुङले २४ हजार ५१ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार ५ सय भन्दा कम भएकोले सुदनको अग्रता १० हजार ५ सय भन्दा बढि रहेको छ ।
त्यसकारण अब बाँकी सबै मत उनका निकटतम प्रतिद्वन्द्वी खत्रीलाई जाँदा पनि सुदनले जित्नेछन् । गोरखा १ मा तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारी छन्, उनले १० हजार २३१ मत ल्याएका छन् भने चौथो स्थानमा रहेका नेकपा एमालेका आरसी लामिछानेले ३ हजार ८० मत ल्याएका छन् ।
FACEBOOK COMMENTS