काठमाडौं । द काउन्सिल अफ जेनजीका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको मोबाइल नम्बर सार्वजनिक गरेका छन् ।
गएको भदौ २३ र २४ गतेको ‘जेन जी’ आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेका व्यक्तिहरूका परिवारले ‘सोझै गृहमन्त्रीलाई सम्पर्क गर्नू’ भन्दै उनले नम्बर सार्वजनिक गरेका हुन् ।
आइतबार ९पुस ६० गुरुङले गृहमन्त्री अर्याल, गृहसचिव रामेश्वर दंगाल र सचिव धीरज जोशीको नम्बर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् । सरकारसँग सम्झौता हुँदा पनि प्रहरीले जेनजी आन्दोलनमा सहभागीविरुद्ध मुद्दा चलाउने क्रम नरोकेको उनले बताएका छन् ।
भ्रष्टाचारी र हत्यारालाई कारबाहीको दायरामा ल्याउन सरकार पछि हटेको उनले उल्लेख गरेका छन् । तर, आन्दोलनमा सहभागी भएकै आधारमा जेनजी प्रदर्शनकारीलाई धमाधम पक्राउ गरिएको उनले आरोप लगाएका छन् ।
FACEBOOK COMMENTS