काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भैरहेको छ ।
जेन्जी आन्दोलनमा देखिएको फोटो अहिले भाइरल भैरहेको हो । अनौठो पहिरनमा देखिएका ति युवकले शरिर पुरै ढाकेका छन् ।
जसका कारण को हुन् भनेर छुट्याउन सक्ने अवस्था छैन । कालो पहिरणमा उपस्थित भएका उनि कालो टोपी, कालै चस्मा, मुख छोप्ने कालो स्कार्फ सुरक्षा ज्याकेटसहित प्रदर्शनकारीको भिडमा उभिका ती युवकले वाकीटकीसमेत बोकेको देखिन्छ ।
सामाजिमक सञ्जालमा भाइरल भएपछि उनि को हुन् भन्ने प्रश्न सबैको मनमा उब्जीएको हो । कतिले ति युवक आन्दोलनमा घुसपैठ गर्न आएको हुन सक्ने आकलन समेत गरे ।
चारैतिर फोटोको वास्तविकता खोजी हुन थालेपछि प्रहरीले अनुसन्धान सुरु गर्याे र ति व्यक्ति हामी नेपाल एनजीओका सदस्य रहेको खुलेको छ । ति युवक २१ वर्षीय जेनिश महर्जन रहेको खुलेको छ । उक्त कुरा हामी नेपालका अध्यक्ष सुदन गुरुङले नै पुष्टि गरेका छन् ।
जाजरकोट भूकम्पको समयमा उद्धारमा खटिँदा उनले नेपाली सेनाका सदस्यहरू यस्तो पोशाकमा देखेर त्यसबाट प्रभावित भई उक्त पहिरण लगाउन सुरु गरेको गुरुङले प्रहरीलाई बताएका छन् । उनका अनुसार वाकीटकी संचार सहजताका लागि प्रयोग गरिएको थियो।
तीनवटा वाकीटकीमध्ये एक जेनिशसँग, एक मेडिकल टिमसँग र अर्को एम्बुलेन्स समन्वयकर्तासँग थियो। जेन्जी आन्दोलनको दिन, जेनिशको जिम्मेवारी घाइते प्रदर्शनकारीको उद्धार गरी तुरुन्त एम्बुलेन्ससँग सम्पर्क गर्ने र आवश्यक परे अस्पताल लैजान समन्वय गर्नु रहेको गरुङले दाबी गरेका छन् ।
यद्यपी उनको मनपर्ने पहिरण भएपनि हामी नेपालका सबै सदस्यहरु भोलेन्टियरको ज्याकेटमा हुँदा उनि किन नकाबधारी पोशाकमा थिए भन्ने विषयमा अझै पनि प्रश्न वाचक चिन्ह लागेको छ ।
FACEBOOK COMMENTS