काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टी प्रवेश गरेका छन् ।
शुक्रबार बागबजारस्थित हार्दिक होटेलमा आयोजित कार्यक्रममार्फत उनी श्रम संस्कृति पार्टी प्रवेश गरेका हुन् । पूर्वमन्त्री किराँतीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरे ।