काठमाडौं । प्रगतिशील लोकतान्त्रि पार्टी (प्रलोपा) अध्यक्ष परिषदबाट सुदन किरातीले राजीनामा दिएका छन्। गत मंसिर ७ गते गठन भएको पार्टीको अध्यक्ष परिषदमा दुर्गा सोव, सुदन किराती, सन्तोष परियार, अशोक जैसवाल, ओजस्वी भट्टराई थिए।
किरातीले केही दिनअघि राजीनामा दिएको अध्यक्ष परिषदका सदस्य सन्तोष परियारले पुष्टि गरे। ‘उनले राजीनामा दिनुभएको छ,’ परियारले भने। यसबारे विस्तृत जानकारी विज्ञप्तिमार्फत् दिइने परियारले बताए।
किरातीको राजीनामापछि अध्यक्ष परिषदको बैठक बुधबार राति अबेरसम्म बसेको थियो। त्यसको निर्णयको जानकारीसहितको विज्ञप्ति सार्वजनिक गरिने उनको भनाइ छ।
FACEBOOK COMMENTS