कैलाली । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत २०८२ साल जेठ २९ गते (बिहीबार) सुदूरपश्चिम प्रदेशको धनगढीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
विश्व वातावरण दिवस २०२५ को अवसरमा आयोजित उक्त कार्यक्रम धनगढी उपमहानगरपालिका–३ मा अवस्थित कार्यालय परिसरमा सम्पन्न भएको हो ।
कार्यक्रममा करिब १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवाहरू रोपिएका छन् । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात गर्दै गरिएको यो अभियानले वातावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
सिटिजन्स बैंकले यसअघि पनि आफ्ना सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय र मठ–मन्दिरहरूमा सहयोग जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
हालै मात्र यो बैंकले ‘बैंक अफ द इयर २०२४’ को प्रतिष्ठित अन्तर्राष्ट्रिय उपाधि प्राप्त गरेको थियो। साथै, डिजिटल बैंकिङ प्रविधिमा पनि अग्रणी भूमिका निर्वाह गर्दै बैंकले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
बैंकले ग्राहकलाई थप सुविधाजनक सेवा उपलब्ध गराउन मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन, र रेमिट्यान्स ट्र्याकिङ (R-च.न.) सेवा, तथा क्रस बैंक टेलर सुविधा पनि सुरु गरेको छ, जसअन्तर्गत अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट क्युआर स्क्यान गरेर नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
देशभर ६१ जिल्लामा फैलिएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल २०० शाखा, १६८ एटिएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइ मार्फत १८ लाख ९८ हजारभन्दा बढी ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
FACEBOOK COMMENTS