धनगढी । सुदूरपश्चिमका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् ।
मंगलवार चिसापानीमा आयोजना हुने कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एक आपसमा ठोक्किएका हुन् ।दुवै मन्त्री चिसापानीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने कार्यक्रममा जानेक्रममा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा दुवै गाडीमा क्षति भएको छ भने मानववीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अगाडी रहेको मन्त्री सार्की सवार गाडीले अचानक ब्रेक लगाउदा मन्त्री पाल सवार गाडीले अगाडीको गाडीलाई ठोकेको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS