धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती र एमालेबाट उम्मेदवार लीला भण्डारीले मनोनयन दर्ता गराएका छन् ।
दुईदलीय गठबन्धनअनुसार उनीहरूले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गरेका हुन् । खातीको प्रस्तावकमा पदमबहादुर शाही र एमालेका चक्रबहादुर मल्ल समर्थक छन् ।
त्यस्तै भण्डारीको प्रस्तावक प्रदेश सांसद धर्मराज पाठक र समर्थक सन्तोष शर्मा थापा रहेका छन् । यसअघि नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दिइसकेका छन् ।
FACEBOOK COMMENTS