काठमाडौ । आजकल खराब खानपान र जीवनशैलीका कारण ठूलो संख्यामा मानिस मोटोपना, मधुमेह, उच्च रक्तचापबाट ग्रसित छन् ।
मधुमेह, तौल र मुटुको स्वास्थ्य यी तीनवटै एकअर्कासँग सम्बन्धित छन् । धेरै अनुसन्धानका अनुसार मोटोपना पनि मधुमेह हुनुको एउटा कारण हुनसक्छ ।
मोटोपनाले तपाईंलाई उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको बिरामी पनि बनाउन सक्छ । यसले हृदय रोगको जोखिम बढाउन सक्छ ।
तर, सही खानपानले यी रोगहरूबाट बचाउन सक्छ । हामी तपाईलाई ५ खाने कुराको बारेमा जानकारी दिन गइरहेका छौँ, जसको सेवनबाट मधुमेह र रक्तचाप नियन्त्रण गर्न तथा तौल घटाउन मद्दत पुग्ने छ ।
पालक
पालक आफ्नो आहार को एक हिस्सा हुनुपर्छ। यसमा भिटामिन ई, सी र केसँगै आइरन, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ, जसले शरीरलाई प्रचुर मात्रामा भिटामिन प्रदान गर्छ । जसले गर्दा शरीरमा पूर्ण प्रतिरोधात्मक क्षमता हुन्छ । यो हरियो सागपातमा पाइने फाइबर र पानीले तौल घटाउन मद्दत गर्छ। साथै यसमा पाइने नाइट्रेट नामक यौगिकले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । उच्च रक्तचाप नियन्त्रणमा राख्दा मुटुसम्बन्धी रोगको जोखिम कम हुन्छ । साथै, कम ग्लाइसेमिक इन्डेक्सका कारण, मधुमेह रोगीहरूको लागि पनि पालकको सेवन लाभदायक मानिन्छ ।
बदाम
बदाममा पर्याप्त मात्रामा म्याग्नेसियम पाइन्छ, जसले गर्दा रक्तचाप नियन्क्रणमा रहन्छ । जसले गर्दा रत्तचाप नियन्त्रणमा रहन्छ । यस्तो अवस्थामा मुटुसँग सम्बन्धित रोगको जोखिम कम हुन्छ । यसमा फाइबरको मात्रा धेरै हुने भएकाले यो तौल घटाउने र मधुमेहका बिरामीका लागि पनि फाइदाजनक मानिन्छ ।
हरियो मुग
तपाईंले आफ्नो आहारमा हरियो मुग पनि समावेश गर्नुपर्छ। यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गर्न काम गर्छ । यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई कम गर्न काम गर्छ । यसले मुटु रोगबाट बचाउँछ । कम ग्लाइसेमिक इन्डेक्सका कारण यसको सेवनले चिनीको मात्रा पनि नियन्त्रण गर्छ । साथै यसमा पाइने उच्च फाइबरले तौल घटाउन मद्दत गर्छ ।
ओट्स
ओट्समा म्याङ्गनीज, फस्फोरस, म्याग्नेसियम, कपर, आइरन र जिंक पाइन्छ। यसमा बिटा–ग्लुकन नामक घुलनशील फाइबर हुन्छ, जसले खराब कोलेस्ट्रोल र चिनीको मात्रा कम गर्छ । यसको सेवनले तपाईलाई धेरै उर्जा मिल्नेछ र तपाईको तौल पनि नियन्त्रणमा रहनेछ ।
कोदो अर्थात् रागी
पोषणतत्वको कुरा गर्ने हो भने कोदोमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदो म्याग्नेसियम, पोटासियम, फाइबर र फाइटोन्यूट्रिएन्टको राम्रो स्रोत हो । कोदोले ट्राइग्लिसराइड, एलडीएल कोलेस्ट्रोल र उच्च रक्तचाप कम गर्छ । कोदोमा एन्टिअक्सिडेन्ट पनि प्रशस्त पाइन्छ जुन मधुमेह र मुटु रोगका बिरामीका लागि फाइदाजनक हुन्छ । यसमा पाइने फाइबर तौल घटाउनका लागि फाइदाजनक हुन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ ।
मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिंडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवर्द्धक पनि छ ।
FACEBOOK COMMENTS