काठमाडाैं । पदयात्रामा रमाउने पर्यटकका लागि उपयुक्त गन्तब्य हो, लाङटाङ ।
राजधानीबाट नजिक र तुलनात्मक रुपमा छोटो समयमा पूरा हुने भएकाले पनि यो पदमार्गमा पर्यटक आकर्षित छन् ।
राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य लाङटाङ उपत्यका पुग्नलाई समस्या छैन । काठमाडौंबाट करिब १२५ किमिको यात्राका लागि स्याफ्रुबेंसीसम्म सहजै बस पाइन्छ । करिब ८ घन्टा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ । त्यहाँबाट शुरु हुन्छ, लाङटाङ पदयात्रा । स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको तिरैतिर कटुसको सुगन्ध र गुराँसका रंगीविरंगी जंगलको दृष्यपान गर्दै अघि बढ्दा थकान को पत्तै हुदैन।
उकाली–ओराली, झरना, वन वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय भेषभूषा रुचाउने पर्यटकका लागि लाङटाङ उपयुक्त गन्तब्य हो ।
अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यावसायीको न्यानो आतिथ्य लाङटाङका विषेशता हुन् । तीन दिनको यात्रामा स्याप्रुबेसि बाट बन्दै गरेको लाङटाङ खोला जलविद्युत आयोजना हुँदै पहिरो, बम्बो रिम्चे, लामा होटेल, घोडातबेला, थान्स्याप , गुम्बा डाडा, लाङटाङ मुन्डु , सिन्डुम हुँदै क्यान्जिङ पुगिन्छ ।
समुद्री सतहबाट चार हजार मिटरको उचाईमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उद्गम स्थल हो । त्यहाँबाट करिब दुई घण्टाको ठाडो उकालो लागेपछि घ्यासा(गोन्जला बेस क्याम्प ) पुगिन्छ । घ्यासा बाट आँखै अगाडी लाङटाङ लिरुङ हिमाल देखिन्छ ।
सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै याला पिक (५,५००) गान्छाम्पो (६३७८) नेय घाङ(५,८४४) स्काउट पिक (५,७१०) चेर्को पिक (५,७००) घाङ्जला चुली (५,८६३) लाङ्सिसा रि (६४२७)हिमाल पनि यहिँबाट देखिन्छन् । दुई हिमालको बीचबाट बग्ने लिरुङ हिमनदी प्रकृतिप्रेमीका लागि अभूतपूर्व दृष्य हुन् ।
एड ओए मिडियाको आयोजनामा र नेपाल पर्यटन बोर्डको सह-आयोजना एबम प्रबर्द्धन गरेको कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका,न्यु भिजन नेपाल र गरिमा भोइज ट्राभलको सहकार्यमा सम्पन्न भएको छ।
FACEBOOK COMMENTS