काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेपाली महिला नेतृत्ववर्गमा उत्साह प्रदान गरेको बताएकी छन् ।
कोइरालाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भण्डारी सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्ति भएको उल्लेख गर्दै आगामी राजनीतिक यात्राका लागि शुभकामनासमेत दिएकी छन् ।
उनले भनेकी छन्–
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीजीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्ववर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना !
FACEBOOK COMMENTS