काठमाडाैं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले उपत्यका भित्रका सबै नदी किनारका सुकुम्बासी बस्ती हटाउन निर्देशन दिएकाे छ । १० दिनभित्र नहटे उपत्यका भित्रका सबै नदी किनारका सुकुम्बासी बस्ती भत्काउने चेतावनी समितिले दिएको हाे ।
सुकुम्बासी बस्ती हटाउने सूचना जारी गर्दै समितिले उपत्यकाका नदी किनारामा अनाधिकृत रूपमा घर टहरा बनाएर बसेका बस्ती भत्काउने चेतावनी दिएको हो । समितिले घर टहरासहित निर्माण सामग्री र सवारी साधनहरू राख्ने तथा बनाउने टहराहरु पनि हटाउन १० दिनको समय दिएको छ ।
पटक–पटक सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा पनि वेवास्ता गरी हालसम्म पनि नदीको दूबैतर्फ बसेका बस्तीहरु खाली गरेको नपाइएपछि पुनः सूचना जारी गरिएको समितिले जनाएको छ । समितिले मंसिर ४ गतेभित्र अनिवार्य रुपमा त्यस्ता घर टहराहरु हटाउन भनेको छ ।
समितिले अब पनि नदी किनारा खाली नगरे काठमाडौँ महानगरपालिकासहित सरोकारवाला निकायसँगको सहयोगले आफैँले भत्काउने चेतावनी दिएको छ ।
FACEBOOK COMMENTS