काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठको राजीनामा स्वीकृत भएको छ ।
आज आइतबार दिउँसो बसेको पार्टीको केन्द्रीय समिति बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिनिधि सभा सदस्यसमेत रहेकी श्रेष्ठले पार्टीका एक व्यक्ति एक पदको नीति लागू गरिनुपर्ने भन्दै केही दिनअघि राजीनामा दिएकी थिइन् ।
FACEBOOK COMMENTS