काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले राजीनामा दिएकी छन् ।
प्रतिनिधिसभा सांसदसमेत रहेकी उनले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएकी हुन् ।
श्रेष्ठले आफू सांसदले सार्वजनिक नीति बनाउन खेल्ने भूमिकामा सीमित हुन चाहेको, पार्टीको ‘मुभमेन्ट’ गर्ने जिम्मा अरूलाई दिन चाहेको बताएकी छन् ।
पार्टीमा उनले बुझाएको प्रस्तावमा अर्को कुनै सक्षम व्यक्तिलाई ल्याउनका लागि ढोका खोलिनुपर्ने उल्लेख छ ।
FACEBOOK COMMENTS