काठमाडौँ । नेपाल सरकारले वरिष्ठ पर्यटन व्यवसायी सुमन बिक्रम पाण्डेलाई जनसेवाश्री पदकबाट विभुषित गर्ने भएको छ ।
संविधान दिवसको अवसरमा सरकारले पाण्डेलाई सो पदवीबाट विभुषित गर्ने भएको हो ।
नेपाल युवा परिषद्का सल्हाकार समेत रहेका पाण्डे सो पदवीबाट राष्ट्रपति विद्यादेवि भण्डारीबाट विभुषित हुने भएका हुन् ।
उनले नेपालको पर्यटन उद्योग विकासमा गरेको योगदानलाई कदर गर्दै सरकारले सो पदवीबाट सम्मान गर्न लागेको हो । नुवाकोटको विदुर नगरपालिका-२ का पाण्डे लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय रहेका छन् ।
पाण्डे यसअघि कर्पाेरेट म्यागजिनले आयोजना गरेको बिजनेस अवार्डबाट पनि सम्मानित भएका थिए । सो समयमा उनी उपराष्ट्रपति नन्द बहादुर पुनकाे हातबाट विभुषित भएका थिए ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS