काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एमडीएम तथा इमर्जी सन क्लब मा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
बर्दिबासस्थित बर्दिबास रिसोर्टमा शनिबार आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एडीएम, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय म्यानेजर तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीले कम्पनीको बिक्री निती तथा आगामी कार्यक्रमहरूका बारेमा जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे ।
त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यवसायिक विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण र कार्यान्वयन गर्दै आएको बताए ।
उनले अभिकर्ताहरूको व्यवसायिक यात्रालाई सहज बनाउन कम्पनी सधैँ सहकार्य र सहजीकरणका लागि तयार रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनाहरूलाई निरन्तरता दिइने बताए ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा आफ्नो छुट्टै पहिचान तथा सकारात्मक व्यवसायिक छवि निर्माण गर्न सफल भएको उल्लेख गरे । उनले कम्पनीको यो सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एडीएम तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको बताउँदै उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासका लागि विशेष धन्यवाद तथा आभार व्यक्त गरे ।
उनले आगामी दिनमा पनि मधेश प्रदेशमा बीमाको पहुँच विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई थप सशक्त बनाउने र उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने सबै योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा अझ उत्कृष्ट व्यवसायिक उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यवसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीले बीमाको पहुँचलाई थप व्यापक बनाउँदै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यवसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहेको छ।