काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा पाँच अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमाबाहेक परम्परागत जीवन बीमामा नै प्रथम बीमाशुल्कमा ६१.०६ प्रतिशतको बृद्धि गरेको छ । पछिल्लो वर्षमा ७२.११ करोड प्रथम बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष कम्पनीले ११६.१४ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ ।
त्यस्तै, वैदेशिक रोजगारमा गत वर्ष ८४.१८ करोड बीमाशुल्क आर्जन गरेकोमा यस वर्ष १०४.२३ करोड गरी २३.८१ प्रतिशतको वृद्धि भएको छ । साथै नवीकरण बीमाशुल्क २३२.१२ करोडबाट यस वर्ष २८०.०१ करोड बीमाशुल्क आर्जन गरी नवीकरण बीमाशुल्कमा २०.६७ प्रतिशतको बृद्धि गरेको छ ।
समग्रमा गत वर्ष जम्मा ३८८.४० करोड बीमाशुल्क प्राप्त गरेकोमा यस वर्ष कम्पनीले उल्लखनीय २८.८५ को वृद्धि सहित करोड भन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको हो ।
कम्पनीले हाल देशैभरबाट १४० शाखा उपशाखाबाट आफ्नो बीमा सेवा प्रदान गरिरहेको जनाएको छ ।
FACEBOOK COMMENTS