काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्स कम्पनी लिमिटेडले प्रदेशस्तरीय मार्केटिङ म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी प्रदेशका करिब २०० जना मार्केटिङ म्यानेजरहरूसहित शुक्र र चन्द्र क्लबमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।
उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले जीवन बीमा अभिकर्ता पेसा एक सम्मानित र स्वतन्त्र पेसा भएको हुनाले सबै जना थप ऊर्जाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
सीईओ अर्यालले सन नेपाल लाइफ इन्स्योरेन्स डिजिटल प्लेटफर्ममा प्रवेश गर्ने नेपालको पहिलो कम्पनी भएको, ग्राहकको माग र जनचाहनालाई सम्बोधन गर्न आपतमा राहत दिन सन मेडिकेयर जस्तो स्वास्थ्यसम्बन्धी जोखिम वहन गर्ने सुविधा ल्याउने पहिलो कम्पनी भएको हुनाले कम्पनीमा आबद्ध सम्पूर्ण अभिकर्ताहरूलाई दृढ विश्वासका साथ थप सशक्त भएर अघि बढ्न आग्रह गरे ।
उनले नेपालको बीमा बजारमा ग्राहकलाई नवीनतम सुविधा दिने कुरामा सन नेपाल लाइफ सधैं एक कदम अगाडि रहने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा कम्पनीका चिफ मार्केटिङ अफिसर गणेश चौलागाईंले अभिकर्ता पेसाबाटै कसरी विशिष्ट परिचय बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए । अभिकर्ता पेसामा अथाह सम्भावना रहेको हुँदा निरन्तर रूपमा मेहनत गर्दा यही पेसाबाटै उत्कृष्ट आम्दानी र सम्मान हासिल गर्न सकिने उनले बताए ।
चौलागाईंले बीमा क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने बिक्री कलाको विषयमा उत्पे्ररणामूलक प्रशिक्षण प्रदान गरेका थिए । उनले सन नेपाल लाइफले ल्याएका विभिन्न बिजनेस क्लबहरूका विषयमा जानकारी दिँदै कसरी ती क्लबहरूमा पुग्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिँदै यस प्रदेशबाट शुक्र र चन्द्र क्लबमा पर्न सफल मार्केटिङ म्यानेजरलाई बधाई तथा शुभकामना पनि दिएका थिए ।
अभिकर्ताका तर्फबाट प्रतिनिधित्व गर्दै मार्केटिङ म्यानेजर सन्तोष बस्नेतले सन नेपाल लाइफको दूरदर्शी सोच, ग्राहकमैत्री बीमा योजना, अभिकर्तामैत्री वातावरणका कारणले गर्दा बजारमा आफूलाई सन नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ताको रूपमा चिनाउन पाउँदा गर्व महसुस हुने बताए । उनले कम्पनीले भव्य कार्यक्रम आयोजना गरी मार्केटिङ म्यानेजरहरूलाई गरेको सम्मानले थप ऊर्जा र हौसला प्राप्त भएको बताउँदै यस्तो पुण्य कार्य गर्ने प्लेटफर्म प्रदान गरेकामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिए ।
चन्द्रौटाको सिद्धार्थ ग्रीन रिसोर्टमा सम्पन्न भएको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, चिफ मार्केटिङ अफिसर गणेश चौलागाईं, अल्टरनेटिभ सेल्स हेड कमल सापकोटा, बुटवल कलस्टर हेड सन्तोस कुँवर क्षेत्री, प्रदेशअन्तर्गतका शाखा, उपशाखा प्रबन्धक, कर्मचारीलगायत २०० भन्दा बढी मार्केटिङ म्यानेजरको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS