सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार यो छुट अभियानका मुख्य उद्देश्यहरू निम्न छन्-
– आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउने
– आफ्ना ग्राहक र उनीहरूका परिवारको आर्थिक भविष्य सुनिश्चित गर्ने
– ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी उहाँहरूको सुरक्षालाई निरन्तरता दिने
– ग्राहकलाई समयमै आफ्नो बीमा योजना पुनर्जागरण गर्न प्रोत्साहन गर्दै वित्तीय अनुशासन प्रवर्द्धन गर्ने
सन नेपाल लाइफ इन्स्योरेन्सले यस छुट अभियानमार्फत ग्राहकहरूलाई आर्थिक सुरक्षाको निरन्तरता दिने र जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्ने लक्ष्य राखेको छ।
FACEBOOK COMMENTS