काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको २ लाख २४ हजार ७२८ कित्ता शेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले असार २३ गतेदेखि संस्थापक समूहका लागि ८० हजार २२२ कित्ता र सर्वसाधारणका लागि १ लाख ४६ हजार ५०६ कित्ता शेयर लिलामीमा राखेको थियो ।
इच्छुक लगानीकर्ताहरूले आज कार्यालय समयभित्र नेपाल एसबीआई मर्चेन्ट बैंकिङको लेखनाथमार्ग, ठमेलस्थित कार्यालय वा सन नेपाल लाइफ इन्स्योरेन्सका निर्धारित शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
यस लिलामीमा लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ आधार मूल्यमा प्रतिस्पर्धात्मक बोली लगाउन सक्नेछन् । संस्थापक समूहका लागि न्यूनतम एक हजार कित्ता र सर्वसाधारणका लागि न्यूनतम एक सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ यस लिलामीको बिक्री प्रबन्धक छ । कम्पनीले यसअघि वैशाख ३० देखि असार ३ सम्म हकप्रद शेयर बिक्री गरेको थियो, जसमा बिक्री नभएका शेयरहरू यस लिलामीमा राखिएका हुन् ।
FACEBOOK COMMENTS