काठमाडौं । सेवा पहुँच विस्तार र ग्राहक अनुभव सुदृढ बनाउने रणनीतिअन्तर्गत सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाडि शाखा (रत्ननगर टाडि २ ), भरतपुर शाखा (भरतपुर ३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर १८) गरि तीन शाखालाई नयाँ तथा आधुनिक संरचनायुक्त स्थानमा स्थानान्तरण गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नयाँ कार्यालयमार्फत कम्पनीले विद्यमान तथा नयाँ पोलिसी होल्डरलाई अझ छरितो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ । स्थानान्तरण उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाई, र प्रदेश प्रमुख ईश्वर बिकल सापकोटा, तथा सम्बन्धित शाखा प्रबन्धक तथा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सेवा सुविधालाई ग्राहकसम्म प्रभावकारी रूपमापुर्याउन संरचनागत सुदृढीकरण अत्यावश्यक रहेको उल्लेख गर्दै शाखा स्थानान्तरण पहल ग्राहकमैत्रीअभिमुखीकरणतर्फको महत्वपूर्ण कदम भएको बताए ।
त्यसैगरी प्रमुख बजार अधिकृत गणेश चौलागाईले नयाँ स्थानका शाखामा छिटो सेवा, सुलभ काउंटर, डिजिटल अभिलेख प्रणाली तथा सहज ग्राहक मार्गदर्शन जस्ता संरचनात्मक सुधारले ग्राहक सन्तुष्टि बढाउने विश्वास व्यक्त गरे । सन नेपाल लाइफ इन्स्योरेन्सले संस्थागत सेवा गुणस्तर, पारदर्शिता र ग्राहक हितलाई प्राथमिकतामा राख्दै देशभर
सरोकारवालामैत्री सेवा विस्तारका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । हाल, सन नेपाल लाइफले देशभर १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ ।


FACEBOOK COMMENTS