काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले एन्टी मनी लाउन्डरिङ (एमएल) तथा कम्ब्याटिङ द फाइनान्सिङ अफ टेररिज्म (सीएफटी) सम्बन्धी विशेष तालिम नगरकोटस्थित रत्नागिरि रिसोर्टमा सञ्चालन गरेको छ ।
कार्यक्रममा कम्पनीका कानुन विभाग प्रमुख सुवास भण्डारीले तालिम प्रदान गरेका थिए । उनले मनी लाउन्डरिङ र आतंकवादी वित्तीयकरणजस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई समेत प्रभावित पार्न सक्ने भएकाले समयमै सचेत रहनुपर्ने आवश्यकता औँल्याए ।
साथै, एएमएल/सीएफटीसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड, नेपाल सरकार तथा बीमा प्राधिकरणका निर्देशिका र दैनिक कामकाजमा पालना गर्नुपर्ने व्यावहारिक प्रक्रियाबारे विस्तृत प्रशिक्षण दिए ।
कार्यक्रममा कोशी, मधेश तथा बागमती प्रदेशका शाखा प्रमुखलगायत कम्पनी प्रमुख बजार अधिकृत गणेश चौलागाईं तथा कम्पनीका अन्य पदाधिकारीहरूको मुख्य उपस्थिति थियो ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले देशभरका १४३ शाखाबाट जीवन बीमा व्यवसाय सञ्चालन गरिरहेको छ ।
FACEBOOK COMMENTS