काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालयलगायत देशभरका कार्यालयहरूमा ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ का अवसरमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण दिवसका अवसरमा ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता’ भन्ने मूल नारालाई आत्मसात गर्दै सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा बीमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो ।
कार्यक्रममा कार्यान्वयन अधिकृत रञ्जु लम्सालले प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्त्व, आवश्यकता र न्यूनीकरणबारे जानकारी गराएका थिए ।
कार्यक्रममा पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीहरूको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीहरूलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।
FACEBOOK COMMENTS