काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यसामन्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको २ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५
रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS