काठमाडौं । आइतबार र सोमबार सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव आनन्द काफ्लेले देशभरी भारी बर्षा भइरहेको र दशै मनाउन कर्मचारीदेखि सवै सरोकारवाला व्यक्ति घरमा रोकिएका कारण २ दिन सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको बताए ।
देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
राजमार्गहरूमा खसेको पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै बिदा दिने निर्णय भएको सहसचिव काफ्लेले जानकारी दिए । त्यस्तै, उच्च जोखिमयुक्त बस्तीमा सुरक्षा संयन्त्रहरू परिचालन गर्ने निर्णय पनि भएको छ ।
नेपाली सेनाको हेलिकप्टर पनि आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने निर्णय भइरहेको पनि गृहले जनाएको छ ।
FACEBOOK COMMENTS