काठमाडौं । नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्थालक्षित अनर्गल प्रचार भइरहँदा पनि वर्तमान सरकार मुकदर्शक बनेको भन्दै दु:ख व्यक्त गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूप्रति भइरहेको गलत प्रचार र त्यसले पारिरहेको प्रभावबारे सङ्घले आज काठमाडौंमा आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा उनले बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो गरेका हुन् ।
अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ । त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उहाँको दाबी छ ।
समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उनले बताए । ‘बैंकहरुको रिटर्न अन इक्युटी घटिरहेको छ । अहिले यो करिब नौ प्रतिशत मात्रै छ । यो पटकको कर्जा प्रवाह गतवर्षको भन्दा केही बढेको भएपनि लक्ष्यअनुसारको वृद्धि देखिन सकेको छैन,’ केसीले भने, ‘यस्तो बेलामा बैंक तथा वित्तीय संस्थाबारे सडकबाट अनर्गल प्रचार भयो । अहिले बैंकिङ क्षेत्रले सबैको साथ खोजेको छ ।’
आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरु गम्भीर रुपमा देखिएकाले त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्नसक्ने अवस्था पनि नरहेको केसीको बुझाइ छ । यद्यपि, नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको जिकिर उनको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई गभर्नर अधिकारीको ढाडस : राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन
सहकारीमा समस्या आउँदा आर्थिक गतिविधि ठप्प भाेः गभर्नर अधिकारी
FACEBOOK COMMENTS