काठमाडौं । नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई हिरासतमै राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।
पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जनाएको छ । सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो ।
अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो ।
FACEBOOK COMMENTS