काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी तत्काल फिर्ता लिन माग गरेका छन् ।
पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला रहेको भन्दै उनले पत्कारिताका माध्यमबाट विषयवस्तु उजागर गर्नु र सत्य जनतासामु ल्याउन प्रयास गर्नु कुनै अपराध नभएको बताएका छन् ।
उनले यो केवल एउटा व्यक्तिको मुद्दा नभई अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप रहेको उल्लेख गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–
सत्तासँग प्रश्न गर्ने, खोजमूलक पत्रकारिताका माध्यमबाट विविध सन्दर्भमा विषयवस्तु उजागर गर्ने र सत्य जनतासामु ल्याउन प्रयास गर्न कलम चलाउने पत्रकारिता कुनै अपराध होइन । प्रकाशित/प्रसारित सामग्रीप्रति कुनै प्रतिवाद, असहमति या असन्तुष्टि भए त्यसको विधिसम्मत सुनुवाइ र निरूपण प्रेस काउन्सिलमार्फत हुनुपर्छ भन्ने स्पष्ट कानुनी व्यवस्था रहेको भए तापनि सिधै अपराध ठहर गर्दै पत्रकार दिलभूषण पाठकमाथि जारी भएको पक्राउ पुर्जी प्रेस स्वतन्त्रतामाथिको गम्भीर हमला हो ।
यो केवल एउटा व्यक्तिको मुद्दा मात्र होइन, यो अभिव्यक्ति स्वतन्त्रता, प्रेसको अधिकार र लोकतान्त्रिक मूल्यहरूमाथिको ठाडो हस्तक्षेप हो । पत्रकार दिलभूषण पाठकको पक्राउ पुर्जी तत्काल फिर्ता गरियोस् ।
यी समाचारहरू पनि पढ्नुहोस्–
दिलभूषण पाठक पक्राउ पर्ने भएपछि टीकाराम यात्री चिन्तित
पत्रकार दिलभूषण पाठक पक्राउ पर्दै
FACEBOOK COMMENTS