काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नाे नामकाे नक्कली सामानिक संजाल आइडी बनाएर दुरूपयाेग भइरहेकाे जनाएकी छिन् । उपमेयर डंगोलले निर्वाचन आयाेगलाइ एक पत्र मार्फत आफ्नाे नामबाट अरू कसैले आइडी बनाएर दुरूपयाेग गरीरहेकाे जनाएकी हुन् ।
पत्र लेख्दै डंगोलले आयोगबाट भइरहेको काम कारबाहीबारे जानकार रहेको भन्दै उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना, समन्वय र सहयोगका लागि समेत संवेदनशील रहेको बताएकी छन् । आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको भन्दै उनले आफ्नो नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग भइरहेको बताएकी छन् ।
‘४ मंसिरमा हुने निर्वाचनलाई केन्द्र बनाएर अफबाह फैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेषण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको छ,’ उनले पत्रमा लेखेकी छन्, ‘यस्तो कार्यप्रति मेरो गम्भीर ध्यानाकार्षण भएको छ । त्यस्तो कानुन विपरीत कार्य गर्ने–गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन आग्रह गर्दछु ।’
FACEBOOK COMMENTS