काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयर सुनीता डंगोलले महानरभित्र मेयर बालेन्द्र शाह बालेनसँग आफ्नो कुनै झगडा वा विवाद नरहेको बताएकी छिन् ।
बिहीबार राजधानीमा आयोजित आयोजित आइएसएसआर कार्यक्रममा उनले यस्तो बताइन् ।
अहिले सामाजिक सञ्जालमा भिडियो, फोटोहरुको जबरजस्ती एडिट गरेर यस्तो देखाइएको उनको आरोप छ । ‘अब जबरजस्ती भिडियो एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको भिडियो जबरजस्ती मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन’, उनले भनिन्, ‘कता कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि मेरो भन्नु केही छैन ।’
उनले संस्थागत रुपमा केही नभएको भएपनि वाद, विवाद र संवाद हुनुपर्ने बताइन् ।
ुमहानगरपालिकालाई मैले झगडा गरेको कारणले अहित हुन्छ भने म झगडा गर्दिनँ । तर त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद, विवाद अनि संवाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन सल्लाह गर्ने हो । संवाद गर्ने हो । निचोडमा ल्याउने हो । र त्यसमा हरदम प्रयास गर्छु’, उनले भनिन् ।
FACEBOOK COMMENTS