काभ्रे । सुनकोसी नदीमा ठुलो सुख्खा पहिरो झरेको छ ।
काभ्रे जिल्लाको तेमाल गाउँपालिका वाड नम्बर ६ को झगडेबेसीको पारीबाट (चौरिदेउराली गाउँपालिका ६) बिहान ८ वजे देखि ठुलो पहिरो आइ सुनकोशी नदी केहीबेर थुनिन गएको थियो । पछि नदीले नै पहिरो खोलेर बग्न थालेपछि सम्भावित खतरा टरेको स्थानीयले बताएका छन् ।
अहिले पनि सानो तहमा पहिरो खसिरहेको र ठुलो पहिरो खासमा समस्या आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS