काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सुनकोशी-मरिन डाइभर्सन परियोजनाको अवलोकन गरेका छन्।
राष्ट्रिय गौरबको यो आयोजना अवलोकन गर्न बिहीबार भट्टराई, बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठलगायत सुरूङ निर्माणस्थल पुगेका थिए।
यो परियोजनाको मुख्य उद्देश्य मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ पुर्याउनु हो।
करिब एक लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पुर्याउने तयारी छ। जसले देशको कृषि उत्पादन बढाउने विश्वास लिइएको छ।
भट्टराईले तराई-मधेसमा सिँचाइ गर्न सकेमा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए।
परियोजनाबाट ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने तयारी पनि छ। १३.२ किलोमिटर सुरुङमार्फत ६७ क्विक मिटर सेकेण्डले सुनकोशी नदीको पानी मरिन नदीमा पुर्याउने तयारी छ।
तस्बिरहरू:
FACEBOOK COMMENTS