काठमाडौं । सनराइज र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जाने अन्तिम तयारीमा जुटेका छन् ।
स्रोतका अनुसार दुवै बैंक मर्जरका लागि आगामी साता समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी काम भइरहेको छ ।
स्रोतका अनुसार लक्ष्मी र सनराइज बैंकको स्वाप रेसियो १ः१ अनुपातमा हुने गरी काम भइरहेको छ । मर्जपछि बन्ने बैंकको चुक्ता पुँजी २१ अर्ब बढी हुनेछ ।
अहिले लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार र सनराइज बैंकको १० अर्ब ११ करोड ८८ लाख ९२ हजार रुपैयाँ रहेको छ ।
यी दुवै बैंक मर्जपछि को अध्यक्ष हुने, को प्रमुख कार्यकारी अधिकृत हुने, बैंकको संचालकमा को को रहने, बैकको नाम के हुने भन्ने विषयमा टुंगो लाग्न बाँकी रहेको छ ।
FACEBOOK COMMENTS