काठमाडौं । सनराईज बैंकका शेयरधनीले ७ प्रतिशत बोनस शेयर पाउने भएका छन ।
बिहीबार सम्पन्न बैंकको १४ औं बार्षिक सभाले चुक्तापूँजीको ६ दशमलब ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलब ३५ प्रतिशतले नगद लामांश दिने प्रस्ताव पारित गरको हो ।
बैंकको हाल चुक्तापूँजी नौ अर्ब अड्चालीस करोड रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्तापूँजीमा बृद्धि भै १० अर्ब ११ करोड बढी पुग्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS