काठमाडौं । श्रृजनशील लघुवित्तले प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ३ लाख ३७ हजार २५ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न भएको छ ।
यसको लागि लघुवित्तले सन्राइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ ।सम्झौतामा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बटुक शमशेर श्रेष्ठ र सनराईज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
श्रृजनशील लघुवित्त नेपाल राष्ट्र बैंकबाट ुघु वर्गको इजाजत प्राप्त लघुवित्त हो । यसको गोलबजार ७, चोरहवा( सिराहामा रजिष्ट्रर्ड कार्यालय रहेको छ ।
FACEBOOK COMMENTS