काठमाडौं, ८ भदौ । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी भदौ १३ गते बुक क्लोज हुने भएको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलले प्रतिफल वितरण गर्ने प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
योजनाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट इकाईधनीलाई कर सहित ५० प्रतिशतका दरले प्रतिफल वितरण गर्न लागेको हो ।सनराइज फर्स्ट म्युचुअल फण्ड योजना सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हो ।
FACEBOOK COMMENTS