काठमाडौँ । दक्षिण भारतका सुपरस्टार अभिनेता यशको ४०औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म ’टक्सिक’ को टिजर सार्बजनिक गरिएको छ ।
फिल्मका पाँच अभिनेत्रीहरूको लुक्स सार्वजनिक गरेपछि, अब उनीहरूले यशको चरित्र टिजरमार्फत सार्वजनिक गरिएको छ । निर्माताहरूले २ मिनेट ५१ सेकेन्डको भिडियो जारी गरेर टक्सिक २०२६ को ठुलो फिल्म बन्ने संकेत दिएका छन् ।
यो फिल्म रिलिज हुन अझै दुई महिनाभन्दा बढी समय बाँकी छ । यद्यपि, निर्माताहरूले बिस्तारै फिल्मको लागि चर्चा बढाउन थालेका छन् । त्यसैले अहिलेसम्म फिल्मका पाँच अभिनेत्रीहरूको पहिलो लुक्स सार्वजनिक भइसकेको छ । यस फिल्ममा कियारा आडवाणी, हुमा कुरेशी, तारा सुतारिया, नयनतारा र रुक्मिणी वसन्तको अभिनय रहेको छ ।
गीतु मोहनदास निर्देशित टक्सिक मार्च १९ मा रिलिज हुदै छ ।
फिल्म भव्य स्तरमा बनाइएको छ । सुरुमा डिसेम्बर २०२५ मा रिलिज हुने तय भएको यो फिल्म अपूर्ण पोस्ट–प्रोडक्सन कार्यका कारण स्थगित गरिएको थियो र अब मार्च १९ मा रिलिज हुने तय भएको छ । यद्यपि, ’धुरन्धर २’ पनि सोहि दिन रिलिज हुने हुनाले दुवै फिल्मलाई नोक्सान हुन सक्ने विश्लेषण गरिएको छ । केजीएफ फेम यशको आफ्नै जबर्जस्त फ्यानबेस भएपनि धुरन्धरले बलिवुडको इतिहासमै अहिलेसम्मको धेरै कमाई गरेकाले यसको दोस्रो सिरिजको पनि प्रतिक्षा व्यग्ररुपमा रहेको छ ।
FACEBOOK COMMENTS