काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट ३१.५७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ३० प्रतिशत रहेको छ भने नगद लाभांश १.५७ प्रतिशत रहेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
FACEBOOK COMMENTS