काठमाडौँ । सपोर्ट लघुवित्तको सञ्चालक समितिको अध्यक्षमा महेश कुमार पोखरेल चयन भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चलाक समितिको बैठकले पोखरेललाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि पोखरेल कम्पनीको सञ्चालक समितिको सदस्य रहेका थिए । कम्पनीका अध्यक्ष प्रदीप अधिकारीले आफ्नो पदबाट राजीनामा दिएकाले फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा समेत स्वीकृत गरेको छ ।
FACEBOOK COMMENTS