काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएपछि डा. सन्तोष पौडेलले पुनर्वहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटमा अन्तरिम आदेश नदिएको अदालतले अस्पतालको निर्देशकबाट डा. पौडेललाई हटाउनुको कारण माग गरेको छ।
सर्वोच्चका न्यायाधिस हरिप्रसाद फुयालको एकल इजलासले निर्देशकबाट हटाउनुको कारण माग गरेको हो । अदालतले अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
स्वास्थ्मन्त्री मोहन बस्नेतले मंसिर १४ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई अस्पतालको निर्देशकबाट हटाएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएका थिए ।
FACEBOOK COMMENTS